साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ५.३७ अंकले घटेर २०६२ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड १३ लाख ५२ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १३ करोड ५८ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
रिलायन्स फाइनान्सको १३ करोड १६ लाख ९ हजार रुपैयाँ, माउन्टेन इनर्जीको ११ करोड ११ लाख २५ हजार रुपैयाँ र माण्डु हाइड्रोपावरको ९ करोड ३८ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।