
साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । सोमबार बजार ३.२१ अंकले बढेर २०६६ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से परिसुचक उकालो लागेपनि कारोबार रकममा भने ठुलो गिरावट आएको छ । आज कारोबार समयभर २ सय ६९ कम्पनीका २० लाख ६३ हजार ७ सय ३७ कित्ता सेयर १८ हजार ८ सय ८९ पटक खरिद विक्री हुँदा कारोबार रकम जम्मा ६४ करोड १ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ ।
आज सबैभन्दा बढी सेयर कारोबार एनआईसी एशिया बैंकको भएको छ । मंगलबार यो कम्पनीको कुल ५ करोड १ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा शिवम सिमेन्ट र नबिल बैंकको समान २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज आत्मनिर्भरलघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।
यता ओरालो लाग्ने कम्पनीतर्फ भने आज माईखोला जलविद्युत कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज दिनभर भएको कारोबारमा १ सय ३६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ६३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।