साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ८.२४ अंकले घटेर २०५१ को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २२ करोड ७६ लाख ४१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४१ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यूनाइटेड इदिमार्दी हाइड्रोपावरको १२ करोड ५ लाख ६१ हजार रुपैयाँ, पोखरा फाइनान्सको ८ करोड ७८ लाख ५२ हजार रुपैयाँ र जानकी फाइनान्सको ७ करोड ९४ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर