रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन् ।

उनले नगद २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाउनेछन् ।

सुनसरीका काफ्ले फस्ट रनर अप बन्दा नवलपरासीकी खनाल सेकेण्ड रनर अप भइन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पाउनेछन् ।

फाइनलमा पुगेका तीनै जनाको १५/१५ लाख रुपैयाँको जीवन बीमा पनि भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर