दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले दुई दिनमा विश्वभरबाट २९८ करोड ५ लाख भारू कमाएको छ। भारतमा फिल्मले तीन दिनमा २२० करोड भारू कमाएको छ।

फिल्मलाई दर्शक र समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। उनीहरूले कलाकारको अभिनयसँगै फिल्मको भिएफएक्सको तारिफ गरेका छन् । सामाजिक सञ्जालमा दर्शकले फिल्मलाई मास्टरपीस बताइरहेका छन्।

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।

यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हो। भारतीय सञ्चारमाध्यमका टाइम्स अफ इन्डियाका अनुसार फिल्मको बजेट ६०० करोड भारू छ।

प्रतिक्रिया

सम्बन्धित खवर