नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ।
आइतबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ आज पनि प्रतितोला दुई सय रूपैयाँ नै बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।










