साताको तेस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बजार ४७.०४ अंकले बढेर २१०० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सबै उपसूचकमा हरियाली छाएको छ ।
आज सबैभन्दा बढी एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १२ करोड ३३ लाख ८५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुडवील फाइनान्सको ११ करोड १० लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यूनाइटेड इदिमार्दी हाइड्रोपावरको १० करोड ६९ लाख ४ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १० करोड ५२ लाख २९ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको १० करोड ९ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।










