नेदरल्यान्ड्सले युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेशका लागि मंगलबार रोमानियाको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार राति २१ः४५ बजे सुरु हुनेछ ।

हालसम्म युरोकपको उपाधि चुम्न नसकेको रोमानिया जारी संस्करणमा भने निकै बलियो टोलीका रूपमा देखापरेको छ । रोमानिया प्रारम्भिक चरणमा आफ्नो समूहको विजेता बन्दै प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्स भने बल्लतल्ल नकआउट चरणमा प्रवेश गरेको हो । प्रारम्भिक चरणमा रोमानिया समूह ‘ई’ मा रहेको थियो । रोमानियाले आफूले खेलेका तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर