भर्खरै नेपाल आइडल सिजन ५ को उपाधि जितेका करण परियारले गाएको पहिलो  गीत ‘सुस्तरी’ सार्वजनिक भएको छ । अतीतको यादको भाव व्यक्त गर्ने गीतलाई प्रदीप चापागाईंले लेखेका हुन् । गीतमा सिडी विजय अधिकारीको संगीत र कुशल सिंहको एरेन्ज छ ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा मृत्यु भइसकेकी आफ्नी प्रेयसी र उनका यादहरुलाई स्मरण गरेको क्षणलाई प्रस्तुत गरिएको छ । भिडियोमा आकाश श्रेष्ठ र प्रिज्मा खतिवडा फिचर्ड छन् ।

भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । गीतलाई ‘अफिसियल प्रदीप चापागाईं’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

केही दिनअघि सम्पन्न नेपाल आइडल सिजन ५ को फिनालेमा करण विजेता बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर