बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीनजना पक्राउ परेका छन्।

सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेका सुयोगका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई प्रहरीले पक्राउ गरेको हो। सहकारीमा कुल निक्षेप ४५ करोड रहेको पाइएको छ। तीन जनाविरुद्ध गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार रहेका थिए ।​ उनीहरूविरुद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा ठगी उजुरी दर्तापछि अरू बचतकर्ताले पनि किटानी जाहेरी दिएका थिए।

प्रहरीले उनीहरूलाई ३ जनालाई बारा, ललितपुर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ। सुयोग बहुउद्देश्यीय सहकारीको शाखा रहेको चापागाउँ टाहाखेल कार्यालयबाट पनि बचतकर्ताको रकम हिनामिना भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर