साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको छ । बिहीबार बजार १५.४६ अंकले बढेर २११९ को विन्दुमा कायम हुन पुगेको छ ।
आँखुखोला जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, समाज लघुवित्तको ९.२३ प्रतिशत, आरम्भ चौतारी लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंकको ६.४२ प्रतिशत, एक्सल डेभलपमेन्ट बैंकको ६.०१ प्रतिशतले सेयर मूल्य बढेको छ ।










