सोमबार नेप्से परिसूचक ४.६२ अंक अर्थात् ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको छ।

सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

आइतबार छ अर्ब २९ लाख ३१ हजार ८५४ रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४४ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३२४ वटा धितोपत्रको एक करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ। यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.६८ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य तीन हजार चार सय रूपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर