साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । मंगलबार बजार १५.७९ अंकले बढेर २१५२ को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १९ करोड ७७ लाख ७५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १६ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

जानकी फाइनान्सको १३ करोड ५६ लाख ४४ हजार रुपैयाँ, ङादी ग्रुप पावरको १३ करोड १६ लाख १० हजार रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको १२ करोड ३६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर