भारी वर्षाले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पर्ने अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार उक्त बाटो हिलाम्य हुँदा अवरुद्ध भएको हो ।

धुलिखेल – ८, पुकुचामा बुधबार बिहान सवा ८ बजेदेखि सडकको दुवैतर्फी बन्द भएको प्रहरीको भनाइ छ ।

सडक विभागसँगको समन्वयमा सडकको हिलो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर