बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७० रुपैयाँ रहेको चाँदी यस दिन १८८५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर