आषाढ शुक्ल एकादशीको अवसर पारेर आज घर घरमा रहेका तुलसीको मोठमा तुलसीको बिरुवा सारिएको छ । आजबाट तुलसीको बिरुवा सारी चार महिनासम्म विशेष पूजा आराधना गर्ने गरिन्छ ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको उल्लेख छ।
चतुर्मास अवधिमा श्रीविष्णु(हरि) भगवानको पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ।










