साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार २.१५ अंकले बढेर २४८८ को विन्दुमा कायम भएको छ ।

उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ३४ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन कुमारी बैंकको २८ करोड १८ लाख ४४ हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको २५ करोड ६३ लाख ३३ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको २४ करोड ९९ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर