निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
मुख्यमन्त्री र मन्त्रीहरू आजै नियुक्त भए पनि शपथ भने बुधबारका लागि तय गरिएको छ ।
कांग्रेसले मुख्यमन्त्री पाउने भएपछि बागमतीमा एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको छ । यसअघि आर्थिक मामिला मन्त्री लिने सहमति भए पनि पुन: मन्त्रालय साटफेर भएको हो ।










