सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।
सौर्य एयरको जहाज पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको थियो। घटनास्थलबाट निकालिएका शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए।











