बिहीबार एकैदिन सुनको भाउ तोलामा २४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ कायम भएको चाँदी यस दिन १७५० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर