साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार बजार ३२ अंकले बढेर २५६८ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा नौ उपसूचक हरियाली भएको छ ।
आज सबैभन्दा बढी सानिमा जिआइसी इिन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड १७ लाख ७९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ६४ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
आज शिभम् सिमेन्टको २३ करोड ७२ लाख ३५ हजार रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको २३ करोड ५९ लाख १३ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको २० करोड ६८ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।










