शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ४५ हजारमा कारोबार भएको थियो ।

साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटिसकेको छ ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर