सिमलताल पहिरोमा परी हराएका दुई बसको खोजी कार्य रोक्ने तयारी भएको छ। दुई बस त्रिशूलीमा बेपत्ता भएको १७ दिन पुग्दापनि भेट्न नसकिएपछि अब त्यसको खोजी कार्य रोक्ने तयारी भएको हो।

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो। दुवै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो, खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन अरु बाँकी यात्रु बेपत्ता छन्।

भारतीय टोलीसमेत आएर लगातारको खोजी गर्दा नभेटिएपछि अब खोजी कार्य रोक्ने तयारी भएको खोजी कार्यमा लागेका एक सुरक्षा अधिकारीले बताएका छन्।

उनका अनुसार अब भारतीय टोली पनि भारत फर्किने तयारीमा छ भने नेपालको टोलीले पनि खोजी कार्यलाई रोक्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर