आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा परी एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता छन् । बेपत्ता हुनेमा जीतबहादुर गुरुङ, उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ बर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पहिरोले जीतबहादुरको कृषि फर्म र एक घर पनि बगाएको छ ।










