चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ११३.४२ अंकले बढेर २६८१.४२ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।

उक्त दिन वाणिज्य बैंकहरुको सेयरमूल्यमा उछाल आएको छ । आइतबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआइ बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्रभु बैंकसहित २१ कम्पनीको से यरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर