पेरिस ओलम्पिक २०२४ मा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् । यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

१०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ । उनले  गत फेब्रुअरीमा कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा ५२.१७ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सको लक्ष्य त्यसलाई सुधार गर्ने रहेको छ ।

अमेरिकामा बसेर अध्ययन र प्रशिक्षण गर्दै आएका एलेक्स उतैबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न पेरिस पुगेका हुन् । अमेरिकाको न्युयोर्कस्थित फोर्डहम युनिभर्सिटीमा साइकोलोजी अध्ययनरत एलेक्स फोर्डहम युनिभर्सिटीको क्लबमा प्रशिक्षण गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर