स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।
आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ ।
चाँदीको मूल्य तोलामा २० ले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय निर्धारण भएको छ ।










