जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो ।
एमआरआई गर्दा खासै जटिलता नदेखिएकाले मेरुदण्डको अपरेशन नगरेको उनले बताइन् ।
करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान नसकेको र त्यसपछि तल खस्न थालेपछि जहाजलाई नियन्त्रणमा राख्न नसकेको उनले बताएका थिए ।
९ साउनमा काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।
त्यसै दिन अस्पताल भर्ना भएका शाक्य ८ दिनको उपचारपछि डिस्चार्ज हुन लागेका हुन् ।