साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार बजार ५.२९ अंकले घटेर २७५५.६२ को विन्दुमा कायम भएको छ ।

सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ७५ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ४३ करोड ८१ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

सिइडिबी हाइड्रोपावरको ४२ करोड ५६ लाख ९३ हजार रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख २३ हजार रुपैयाँ र निफ्राको ४१ करोड ४२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर