कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय सङ्ख्या बढ्न सक्ने सङ्केत गरेका छन् । उनको यो सङ्केतलाई कांग्रेसका एक सांसदले ‘मिडिया ट्रायल’ भनेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आइतबार सञ्चारकर्मीसँगको भेटमा मुख्यमन्त्री कार्कीले मन्त्रालय विभाजनको सङ्केतमात्रै गरेनन्, कुन मन्त्रालय विभाजन हुनसक्छ भन्नेबारे पनि प्रस्ट्याए ।

‘हामी सरकारलाई पूर्णता दिने कुरामा केही मन्त्रालयको सङ्ख्या बढाउने हो कि भन्ने कुरा पनि छ । सकेसम्म हाम्रो प्रयास अहिलेकै मन्त्रालय सङ्ख्यामा मिलाउने कुरा भएको छ । प्रदेशको मन्त्रालयको सङ्ख्या अधिकतम भनेको ११ वटा हो । त्यहाँभन्दा माथि हामी जान सक्दैनौँ,’ मुख्यमन्त्री कार्कीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर