
साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य करेक्सन आएको छ । बजार ८.१८ अंकले घटेर २९२३.४६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ८ वटा उपसूचक राताम्मै भएको छ ।
मातृभुमी लघुवित्त, पिपल्स पावर लिमिटेड, दोल्ती पावर कम्पनी, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।