ललितपुरको महालक्ष्मी नगरपालिका– ३ बाक्लोगाँउ चोक अगाडिको सडक भासिएको छ । नयाँ पुल बोझेपोखरी हुँदै इमाडोल तर्फ जाने भित्री सडकमा झन्डै ३ मिटरको भ्वाङ परेको हाे ।
ललितपुरबाट काठमाडौँ जोडिने व्यस्त सडक भासिँदा यात्रुलाई असहज भएको छ । यसअघि राजधानीको काठमाडौँ प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको थियो ।










