नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरूद्ध मुद्दा दायर भएको छ।
काठमाडौं सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। सरकारी वकिल कार्यालयले उनीविरूद्ध मंगलबार मुद्दा दायर गरेको हो।
गत असार १४ गते बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले उनको संलग्नता रहेको भनिएको थियो। तर झा फरार रहँदै आएका थिए।
यसअघिको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौंले ठेगाना नखुलेको भनेर प्रतिवादी पनि बनाएको थिएन।










