नेपाल प्रहरीले एक किलो १०४ ग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तान्जानियाका नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला मजी र भारतीय नागरिक जुछोबेनी टिस्फोई छन् ।

बानेश्वरस्थित एक होटलमा शंकास्पद अवस्थामा फेला परेका मजीको झोलाबाट प्रहरीले एक किलो १०४ ग्राम परिमाणका ८० वटा क्याप्सुल बरामद गरेको हो ।

उक्त कोकिन लिन आएकी भारतीय नागरिक टिस्फोईलाई पनि नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

रामद कोकिनको अवैध बजार मूल्य करिब रु तीन करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर