निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरू फाइनल गरेको हो ।

निर्माणपक्षले यो फिल्ममा सनिशाको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन । आफूले निर्वाह गर्ने भूमिका र यो फिल्मलाई लिएर आफू उत्साहित रहेको जानकारी सनिशाले दिइन् ।

सनिशाको यो दोस्रो फिल्म हो । उनको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर