वाणिज्य बैंकहरुले भदौ महिनाको ब्याजदर सार्वजनिक गरेको छ । २० वटा वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।
बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.४९ प्रतिशत कायम भएको छ । साउन महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.७२ प्रतिशत थियो । यसरी साउन महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.२३ प्रतिशतविन्दुले घटेको छ ।
यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.२४ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.२४ प्रतिशतविन्दुले कम हो । साउन महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.४८ प्रतिशत थियो ।
१३ बैंकको ब्याजदर घटेको छ भने ६ बैंकहरुले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् भने १ बैंकले ब्याजदर बढाएको छ ।
भदौमा कुमारी बैंक र प्राइम बैंकले ब्याजदर बढाएका छन् । भदौमा एनआईसी एशिया र एनएमबि बैंकको ब्याजदर सबैभन्दा धेरै रहेको छ ।
एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
नेपाल बैंक बैंकले व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदरको कायम गरेको छ । साउन महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ६.२५ र संस्थागतर्फको अधिकतम ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
प्रभु बैंकले व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ अधिकतम ५.१ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो महिनाका लागि बैंकले व्यक्तिगततर्फ ६.३ र संस्थागततर्फ ५.३ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेको थियो ।
एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
हिमालयन बैंकले बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत र संस्थागततर्फ ६.५०० प्रतिशत ब्याजदर तोकेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२९ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२ प्रतिशत र संस्थागततर्फ ४.९ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन साउन महिना क्रमशः ६.४० र ५.१० प्रतिशत कायम रहेको थियो ।
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको गरेको छ । साउनमा भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३० प्रतिशत र संस्थागततर्फ ५.३० प्रतिशत ब्याज दिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।
सिद्धार्थ बैंकले बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम थियो ।
नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।
लक्ष्मी सनराइज बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।










