सुनको मूल्य आज तोलामा नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० निर्धारण भएको छ ।










