सेयर बजारको ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार) मा संलग्नलाई तीन वर्षसम्म कैद सजाय गर्ने प्रस्ताव गरिएको छ ।

अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।

यो विधेयकमा ‘इन्साइडर ट्रेडिङ’मा संलग्न भएको पुष्टि भए बिगो बमोजिमको जरिवाना, तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था प्रस्ताव गरिएको छ ।

अहिले ‘इन्साइडर ट्रेडिङ’मा संलग्नलाई बिगो बमोजिमको जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

विधेयकमा कृत्रिम वा झुटो कारोबार गरी सेयरको मूल्य उतारचढाव गराएमा पनि सजायको प्रस्ताव गरिएको छ । यस्तो कार्यमा संलग्नलाई बिगो बमोजिमको जरिबाना, ३ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ । बिगो नखुलेमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिबाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव  विधेयकमा गरिएको छ ।

अहिले यस्तो कार्यमा संलग्न हुनेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिबाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर