नेपाल संगीत उद्योग संघबाट प्रहरीले कागजात बरामद गरेको छ ।

अनामगरस्थित संघको कार्यालयबाट अनुसन्धानका लागि कागजात संकलन गरिएको मानव बेचविखन ब्युरोका एसएसपी ओम रानाले बताए ।

रानाले भने, ‘त्यहाँका कर्मचारीकै रोहवरमा अनुसन्धानका लागि कागजात लिन टोली गएको छ ।’

ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्युटर बरामद गरेको छ ।

नेपाल संगीत उद्योग संघका पदाधीकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सुचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर