आज भदौ ५ गते बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । बजार २.११अंकले बढेर २९६८.४४ को विन्दुमा कायम भएको छ ।
सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६६ करोड २ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३६ करोड ८० लाख ६५ हजार रुपैयाँ र सिइडिबी हाइड्रोपावरको ३६ करोड ५३ ला २६ हजार रुपैयाँको कारोबार भएको हो ।