सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेर घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार कायम सुनको मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ५६९ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद बिक्री भएको थियो।










