आइतबार सुनको मुल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यसअघि भदौ ५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १८५० रुपैयाँ कायम भएको छ ।










