नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

एक पदाधिकारीका अनुसार दुई महामन्त्रीको प्रतिवेदन जसरी भएपनि परिमार्जन गराउने देउवाको तयारी छ । आज पनि बैठकमा मिलाउनु पर्‍यो हटाउनु पर्‍यो भन्ने देउवाको भनाइ रहेको उनले बताए । जवाफमा महामन्त्रीद्वयले तर्क सहित आफ्नो प्रतिवेदन परिमार्जन नहुने बताएका थिए । ‘आज पनि कुरा नमिलेपछि  शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने गरी उठ्यौँ’उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर