साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ ।  आज बजार ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।

बजारमा गिरावट आउँदा थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपाल लघुवित्तको ५.८४ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ५.०८ प्रतिशत, नाडेप लघुवित्तको ४.७८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ४.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर