ललितपुरको नख्खीपोटस्थित कान्तिपुर कोलोनीको बस्तीमा चितुवाले आतंकित तुल्याएको छ ।
कोलानी नजिकैको झाडीमा तीनवटा चितुवा हुनसक्ने स्थानीयको भनाइ छ । उनीहरुले मोबाइलबाट भिडियो समेत खिचेका छन् । तर, त्यसमा संख्या एक्किन हुँदैन । स्थानीयका भनाइमा दुईवटा बच्चासहित कम्तिमा एउटा वयस्क चितुवा सो क्षेत्रमा बसिरहेको छ ।
सो क्षेत्रमा दुई महिना यता चितुवा देखिएको स्थानीयको भनाइ छ । उनीहरुले प्रहरी, प्रमुख जिल्ला अधिकारी, वन कार्यालय र वडा कार्यालयलाई पनि सूचित गरेको तर अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।










