बलिउड अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘जिगरा’ को टिजर सार्वजनिक भएको छ।

आइतबार धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा आलिया आफ्नो भाइलाई बचाउन संघर्ष गरिरहेकी देखिन्छिन्। फिल्ममा उनको एक्सन देख्न सकिन्छ।

यस फिल्ममा आलिया सह-निर्माताको रूपमा पनि देखिएकी छन्। यो फिल्मको कथा बास्केटबल खेलाडी बारेमा हुनेछ। फिल्मको लागि आलियाले बास्केटबल सिकेकी छन्। फिल्ममा आलियासँगै वेदांग रैनाको पनि मुख्य भूमिका छ। यो फिल्म ११ अक्टोबरदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर