मिलन आले मगरको निर्देशनमा फिल्म ‘पूरा भयो सपना मेरो’ निर्माण हुने भएको छ ।

सामाजिक प्रेमकथानक फिल्मको छायांकन दसैँलगत्तै सुरु गरिने बताइएको छ ।

रोशिका फिल्म्सको प्रस्तुति रहने फिल्मका कलाकार र प्राविधिकबारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताए ।

एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैको हो । मिलनले यसअघि ‘लक्ष्य’, ‘हिँड्दा हिँड्दै’ लगायतका फिल्म निर्देशन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर