नेपालमा बस्दै आएका अस्ट्रेलियाली फिल्म निर्देशक कलानी गाकोनको फिल्ममा दुई नेपाली स्टारलाई देख्न पाइने भएको छ ।

गाकोन निर्देशित छोटो फिल्म ‘यस्तै रैछ’को टिजर रिलिज भएको छ । जहाँ, बर्लिनमा विश्व प्रिमियर भएको फिल्म ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामो र संगीतकर्मी सुशान्त केसीले अभिनय गरेका छन् ।

केसीले केही दिनअघि प्रशंसकलाई केही नयाँ चीज आउने बताएका थिए । त्यसको भोलिपल्ट उक्त फिल्मको टिजर सार्वजनिक भएको हो । यो छोटो फिल्म सुशान्तको डेब्यू अभिनय हो । टिजरमा पनि सुशान्तको डेब्यू अभिनय फिल्म रहेको उल्लेख गरिएको छ ।

टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । नदी किनारमा बसेर प्रेमिल गफ गरिरहेका दुई युवायुवतीको संवादलाई चित्रण गरिएको छ ।संवादअनुसार, सुशान्तले फिल्ममा नेवारी समुदायका एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

टिजर सेयर गर्दै सुशान्तले लेखेका छन्, ‘ यस्तै रैछको कथा एउटा म्युजिक भिडियोको रूपमा सुरु भएको थियो, तर यसमा धेरै मन अडिएको थियो । त्यसैले हामीले एउटा फिल्म पनि बनायौं। । अविश्वसनीय रूपमा प्रतिभाशाली थिन्ले ल्हामोसँग स्क्रिन साझा गर्न पाउँदा आभारी छु ।’ यो फिल्मको निर्माण एसकेसी स्टुडियोले गरेको हो । उक्त कम्पनी सुशान्त केसीको फिल्म कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर