सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।
बैंकका अनुसार कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
हाल उनी बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्। आचार्यले आगामी माघ १२ गतेदेखि सीईओको पदभार ग्रहण गर्ने भएका छन्।
उनको कार्यकाल चार वर्षको हुनेछ। सानिमा बैंकका हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते समाप्त हुँदैछ।










