नबिल बैंकले सेयर धनीलाई लाभांश घोषणा गरेको छ ।
शुक्रबार सञ्चालक समिति बैठकले सेयर धनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीले पाउनेछन् ।
सञ्चालक समितिको लाभांश वितरणको निर्णय आगामी साधारण सभामा लैजाने र सो सभाबाट स्वीकृत भएपश्चात् वितरण हुने बैंकले जनाएको छ ।










